कलाकार कल्याण कोषमा अभिनेता रबिन्द्र खडका मनोनित

काठमाडौ । नेपाल सरकारले चलचित्र बिकाश बोर्डको कलाकार कल्याण कोषको सदस्यमा चलचित्र अभिनेता रबिन्द्र खडकालाई मनोनित गरेको छ । नेपाल चलचित्र कलाकार संघका समेत अध्यक्ष रहेका खडकालाई २ वर्षका लागि यो मनोनयन गरिएको हो । यो कोषले चलचित्रकर्मिका हितमा विविध कार्य गर्नेछ ।

विशेष गरी आर्थिक कमजोर भएकाहरुलाई औषधि उपचारका लागि नेपाल सरकारको चलचित्र विकास बोर्ड सिफारिस गर्ने कार्य गर्नेछ । हाल यो कोषको संयोजकमा वरिष्ठ हाँस्य अभिनेत्री बसुन्धरा भुषाल छिन । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खडकाले इमानदारीता पुर्वक आफ्ना चलचित्रकर्मी लागि आफू खट्ने बताउँदै यो विषम परिस्थिति मा कोहि पनि बाहिर नस्किन आग्रह गरे

प्रतिक्रिया