पाँचथर । फिदिम नगरपालिकाले कृषकहरुलाइ घास काट्ने चाफ्कटर बितरण गरेको छ । आईतबार एक सामारोबीच १ सय बढी उक्त चाफ्कटर बितरणको आयोजना गरीएको हो । कोभिडको कारण क्रमस बितरण गरीने नगर पशुपन्छी विकास शाखा प्रमुख तिर्थ मिश्रले जानकारी दिए । नगरप्रमुख ओनाहाङ नेम्वाङले चाफ्कटरको स्विचअन गरी उद्घाटन गरेका हुन । प्रतिगोटा चाफ्कटर २७ हजार २ सय ४९रुपैयाँ पर्न आउछ । त्यसमा नगरको ५० प्रतिशत लागत साझेदारीमा नगरले अनुदानमा मिसिन दिएको हो । कृषकहरुले १ थानको १३ हजा ६ सय २५ रुपैयाँमा अनुदानमा पाएका छन । नगरको १२ लाख रकम विनियोजन मा २४ लाखमा वोलपत्र आवहान पछि बितरण गरीएको जनाइएको छ । चाफ्कटर खरिदमा रकम बचत हुने भएकाले थप चाफ्टर खरीद गरी पुन: कृषकलाइ बितरण गरीने शाखा प्रमुख मिश्रले प्रस्तुत गरे ।
नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद अधिकारीले कृषकहरुलाइ कृर्षिमा र्निभर र प्रर्वधन गर्नकालागि नगरले ओजना बनाइ बितरीत मिसिन दुरु पयोग नगरी जिम्मेवारी वन्न निर्देशन दिए । यदि दुरुपयोग भएको थाहापाइएमा आगामि अनुदान बाट बन्चीत गरीने अधिकारीको भनाइ थियो । उद्घाटन लाइ सम्बोधन गर्दै कृषकहरुमाझ नगर प्रमुख ओनाहाङ नेवाङले आगामि योजनामा नगरको सबै वडाहरुमा योजना बनाइ कृषकहरुलाइ कृर्षी उपकरणहरु बितरण गरीने र व्यवसायिक बन्न आवहान गरे ।
चाफ्कटर लगि सकेपछि दुइ चार वटा गाइ भैंसी पाल्न समेत सुचिकृत गराए । नगरपालिका बाट लगिएका अनुदानका सामानहरु दुरुपयोग भएमा जरीवाना, कार्वाहि, र कालो सुचिमा राखिने समेत नेम्वाङले सचेत गराए । बितरण समारोह फिदिम वडा दुईका वडा सदस्य तथा नगर आर्थिकविकास समिति संयोजक नारायण बजगाँईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया