कालिकोट । नागरिकका समस्या र अवस्थालाई मध्यनजर गर्दै अनेरास्ववियु कालिकोटले जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामा लागि सरकारी तथा गैर सरकारी शैक्षिक संस्थाहरुमा सृर्जित संकटको व्यवस्थापन गर्न अनेरास्ववियु कालिकोटले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
शैक्षिक संस्था बन्द हुने भएपछि अनलाइन कक्षा सञ्चालनका लागिीबत्तीको वैकल्पिक व्यवस्थापन गर्न माग गरिएको छ । नेकपा एमाले माधव समुहले देशभरीका जिल्लामा गरेको पार्टी देखी जनवर्गीय संगठनका समान्तर कमिटी अनुसार अनेरास्ववियुका जिल्ला संयोजक तथा केन्द्रिय सदस्य अमित शाही र केन्द्रिय सदस्य हिक्मत जंग मल्लले बत्तीको वैकल्पिक व्यवस्थापन लगायत पाँच वटा बुँदामा मागहरु पुरागर्न ध्यानकर्षण पत्र बुझाएका छन् ।
ध्यानाकर्षण पत्रमा कालिकोटमा दैनिक २२ घण्टा लोडसेडिङ घटाएर विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालनका लागि बत्तीको वैकल्पिक व्यवस्था गर्न, जिल्ला सदरमुकाम मान्ममा खानेपानीको व्यवस्थापन गर्न, लकडाउनमा लिने चर्को भाडादर नियन्त्रण गर्न, अवरुद्ध भएको फोरजी सेवा सुचारु गर्नुपर्ने र दैनिक उपभोग्य वस्तुको कालोबजारी रोक्न माग राखेको छ ।
विद्यार्थी संगठनले यस्तो विषयमा उठाएको मागहरुप्रति सामाजिक सञ्जाललमा प्रशसा समेत गरिएको छ । अनेरास्ववियुका जिल्ला संयोजक तथा केन्द्रीय सदस्य अमित मिलन शाही र अनेरास्ववियुका केन्द्रीय सदस्य हिम्मतजंग मल्लले देशमा महामारीको समयमा हुने सम्पुर्ण कालोबजारी र नागरिकको स्वास्थ्य समस्या तथा अबस्थालाई मध्यनजर गर्दै अनेरास्ववियु कालिकोट लागिपर्ने बताए ।
कालिकाेट
प्रतिक्रिया