४७ विधामा अवार्ड प्रदान

काठमाडौं । ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड–०७७’ ४७ विधामा प्रदान गरिएको छ । जमलस्थित नाचघरमा सम्पन्न समारोहमा यो वर्ष सबैभन्दा बढी अवार्ड आधुनिक गीत नबोली नबोलीले हात पारेको छ । वर्षको सर्वाधिक लोकप्रिय गीतको अवार्ड राजनराज शिवाकोटीको गीत फुलबुट्टे सारीले जितेको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड समारोह स्टार वन इन्टरटेनमेन्टको आयोजना र विलक्षण क्रियसनको व्यवस्थापनमा भएको थियो । समारोहमा कोरोनाको महामारीबाट स्रष्टालाई सुरक्षित गर्न सानो–सानो समूह बनाई विभिन्न चरणमा सम्पन्न गरिएको थियो ।

अवार्ड समारोहमा कार्यक्रममा आजीवन योगदान गीत साधक सम्मानबाट गीतकार एवं प्राज्ञ उन्नती बोहरा शिलालाई सम्मानित गरियो । यस्तै, १५ हजार राशिसहितको राष्ट्रिय रंग पत्रकारिता पुरस्कारबाट कामना मासिकका सम्पादक विदुर गिरीलाई पुरस्कृत गरियो । समारोहमा गीत संगीततर्फ विभिन्न ४७ विधामा अवार्ड प्रदान गरिएको थियो । लोक, आधुनिक, पप, लोकपप, राष्टिय, चाडपर्व, भाषाभाषी, भेष विशेष, बाल गीतमा अवार्ड प्रदान गरियो । यस्तै फेसनतर्फ विभिन्न २२ विधामा अवार्ड प्रदान गरिएको थियो । वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेल राष्टिय सेवा सम्मानबाट सम्मानित भए । यस्तै ब्युटिसियन एवं रोज ब्युटी पार्लर एन्ड टे«ेनिङ सेन्टरकी अध्यक्ष सोनी कारञ्जित र ब्युटिसियन शारदा खतिवडालाई सौन्दर्यकला सम्मानबाट सम्मानित गरियो । पत्रकार सूर्य चन्दलाई कोभिडविरुद्धको सामाजिक अभियन्ताको रुपमा सम्मान गरियो । खेलाडी डम्बरबहादुर नेपाली, व्यवसायी विनोद पोखरेल, विकास श्रेष्ठ, गायक गंगाप्रसाद घिमिरे, समाजसेवी मिलनकुमारी गुरुङ, चलचित्रकर्मी रफी शाह, सनमकुमार बैराग, साहित्यकार रामचन्द्र ढकाल, कलाकार रमेश श्रेष्ठ, डा. सन्तोष शर्मा भुषाल, इभेन्ट अर्गनाइजर सानु खान, गीतकार सुरेन्द्र महर्जन (अमर) लाई सम्मानित गरियो ।

पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्री, संगीतकार शम्भुजीत बासकोटाको विशेष आतिथ्यतामा सम्पन्न सो समारोहमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, पूर्वअध्यक्ष नवल खड्का, उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, प्राज्ञ सत्यकला राई, अभिनेता प्रशान्त ताम्राकार, अभिनेत्री अनु शाह, उमावेवी गिरी, नृत्य निर्देशक कमल राईसहित विभिन्न अतिथि थिए । अवार्ड समारोहको आयोजक पुजा निरौला, कार्यक्रम निर्देशकमा बालकृष्ण पोखरेल, कार्यक्रम संयोजकमा गायिका सरिता भारती, कार्यक्रमका सदस्यसचिवमा राजु अधिकारी थिए । कोभिडको कारण २०७६ अन्तिममा रोकिएको यो अवार्ड यसपटक सम्पन्न भएको हो ।

सर्वोत्कृष्ट कृषि विशेष गीत ‘कृषक कृषक’ डा. योगेन्द्रकुमार कार्की, क्रिटिक्स अवार्ड ‘हावा सरर’ मिलन चाम्स, पब्लिक च्वाइस अवार्ड ‘कामी दाईको छोरा’ अनिष दवाडी (लोक दोहोरी पब्लिक च्वाइस अवार्ड), आधुनिक गीत ‘कतिञ्जेल पो रहला’ डा. डिआर उपाध्याय (सर्वोत्कृष्ट आधुनिक गीत, गीतकार), नबोली नबोली प्रवीण वेडवाल र समीक्षा अधिकारी (सर्वोत्कृष्ट, आधुनिक गीत गायक गायिका), ‘नबोली नबोली’ अर्जुन पोखरेल, विधान कार्की र सुधिर श्रेष्ठ (सर्वोत्कृष्ट आधुनिक गीत, संगीतकार, म्युजिक भिडियो निर्देशक र भिडियो मोडल, पुरुष), म मरिसकेपछि शिलास्मा हमाल (सर्वोत्कृष्ट आधुनिक गीत भिडियो मोडल, महिला), पिरतीको झोला केशवराज भट्ट (आधुनिक गीत भिडियो कोरियोग्राफर), माया बस्छकी रवीन्द्र बराल (सर्वोत्कृष्ट, म्युजिक भिडियो छायांकार) ले पाएका छन् ।

डायस्पोराबाट अवार्ड बिजेतातर्फ मन पराएँ ज्ञानेश्वर तिवारी (सर्वोत्कृष्ट राष्ट्रिय गीत गीतकार, डायस्पोरा), लाख बिन्ती रामप्रसाद कँडेल (सर्वोत्कृष्ट आधुनिक गीत, गीतकार, डायस्पोरा), माया किन सुधन गैरे (सर्वोत्कष्ट आधुनिक गीत गायक, डायस्पोरा), पूर्वै सहर तिनयाड राना (सरु), (आधुनिक गीत भिडियो कोरियोग्राफर, डायस्पोरा), सातै जुनी बिमल डाँगी (सर्वोत्कृष्ट लोक दोहोरी गायक डायस्पोरा), काले केटा २ धु्रवप्रसाद अम्गाईं (सर्वोत्कृष्ट पपगीत, गीतकार, डायस्पोरा), पूर्वै सहर शान्तकुमार राई (सर्वोत्कृष्ट भिडियो निर्देशक डायस्पोरा, जुरी अवार्ड), चट्ट पारेर पूर्णबहादुर थापा मगर (दीपक मैथाने), (सर्वोत्कृष्ट लोकपप गीत भिडियो मोडल, पुरुष, डायस्पोरा), तिमी र म धनकिरण गुरुङ र प्रभु गुरुङ (सर्वोत्कृष्ट पपगीत गायक र भिडियो निर्देशक डायस्पोरा), बोली झर्केछ पवित्रा न्यौपाने (सर्वोत्कृष्ट लोकदोहोरी मोडल, महिला डायस्पोरा), किन हेरेउ आस्था जोशी (सर्वोत्कृष्ट आधुनिक गीत भिडियो मोडल, महिला, डायस्पोरा), यो कस्तो माया कुशल श्रेष्ठ (आधुनिक गीत भिडियो निर्देशक डायस्पोरा क्रिटिक्स अवार्ड) रहेका छन् ।

प्रतिक्रिया