बन्दबस्तीका सामाग्री सहित एक ब्यक्ति पक्राउ

पाँचथर । जिल्ला प्रहरी कार्याल पाँचथरको अप्रेसन टोलिले बन्दबस्तीका सामाग्रीसहित फालेलुङ गाउपालिका ७ सिदिनका ३७ वर्षीय कुबेर राईलाइ पक्राउ गरेको छ । शुक्रबार, शंकाष्पद वस्तु राखि डरत्रास फैलाउने एक ब्यक्ति पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो । प्रहरीका अनुसार शंकाष्पद वस्तु राखि सर्वसाधारणलाई डर त्रास फैलाउने, धम्क्याउने, चन्दा असुलि, समेत गर्ने एक ब्यक्ति पत्राउ परेको उल्लेख गरीएको छ । पाँचथर जिल्लाका बिभिन्न स्थानमा उक्त गतिविधि गर्दै आएका राई लाइ छानविनमा राखिएको छ ।

पक्राउ पश्चात निजको घर खनतलासि गर्दा बन्दबस्तिका सामाग्री समेत फेला पारेको डिएसपी दानबहादुर थापाले जानकारी दिए । सामाग्रीहरुमा, अवैध एक थान भरुवा बन्दु, बन्दुकमा प्रयोग हुने पाठपुर्जा ७ थान ,जिआईपाइप सकेट थान १, फ्लेजिवल तार ५ मिटर , सहित बिद्युतिय सामाग्रीहरु रहेका छन भने अन्य बिभिन्न प्रकारका फलामका टुक्रा, विष्फोटकमा प्रयोग हुन सक्ने ९ थान, सिमकार्ड सहित मोवायल ५ थान, चन्दा असुलि रसिद प्याड १ थान, नेकपा कम्युनिष्ट पार्टी छापिएको लेटर प्याड ७५ थान, नेपाल कम्युनिष्ट पार्टी, बिद्रोही समुह लेखि बिभिन्न नारा लेखिएको लेटर प्याड २ थान, अन्य कागजातहरु, नगद नेपालि रु ५६८६५ , र भारतीय रुपैयाँ ११५० प्रहरीले बरामत गरेको हो ।

पक्राउ परेका राईले २०७८ बैसाख ७ गते मिक्लाजुङ गाउपालिका ७ सप्तमी बजार नजिक एनसिएल टावर छेवैमा सकेटबम र पर्चा राखि सर्वसाधारण लाई त्रसित बनाएका थिए । त्यस्तै यहि बैसाख १५ गते बिहान ८ बजेको समयमा सोहि वडाको सराङडाडा जाने बाटोको छेवैमा संकास्पद वस्तु राखि सर्वसाधारणलाई त्रसित वनाएको र गतिविधि गरेको पाइएकोले प्रहरीको अप्रेसनले पक्राउ गरेको प्रहरीले जनाएको छ । निज राईलाइ थप अनुसन्धानकालागी प्रहरी हिरासतमा राखिएको सुचना अधिकृत डबर बिश्कर्माले जानकारी दिए ।

प्रतिक्रिया