परियोजनाका कारण मोरङका किसान लाभान्वित

विराटनगर । प्रधानमन्त्री कृषि आधुुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित माछा तथा धान जोन कार्यक्रम मोरङमा प्रभावकारी बन्दै गएको छ । माछा जोन कार्यक्रम सञ्चालन आएपछि ७ सय ६१ हेक्टर क्षेत्रफल जग्गमा नयाँ माछा पोखरी विस्तार भएको छ । कार्यक्रम सञ्चालन हुुनुअघि जिल्लामा २ सय ४० हेक्टर जग्गामा पोखरी विस्तार भएको थियो ।

माछाजोन सञ्चालन आएपछि कामका लागी विदेशिने युुवासमेत अहिले अनुुदानमा पोखरी खनेर माछापालन व्यवसायमा लागेको प्रधानमन्त्री कृषि आधुुनिकीकरण परियोजना कार्यान्वयन इकाई विराटनगरका प्रमुुख विनोदकुुमार मण्डलले बताए । परियोजनाको सहयोग बजारको सहजता, कम लागत र कम जनशक्ति लाग्ने भएकाले माछा व्यवसाय फस्टाएको हो ।

जोनमा १३ सय ९ जना कृषकहरू समुुहमा आवद्ध छन । कटहरी, धनपालथान गाउँपालिका तथा रंगेली नगरपालिकामा सञ्चालित सो कार्यक्रम अहिले सुुनवर्सी नगरपालिका र ग्रामथान गाउँपालिकामा समेत सञ्चालनमा आएको छ । परियोजना सञ्चालनमा आएपछि जिल्लामा उल्लेखनीय रूपमा माछा उत्पादन बढेको पाइएको छ । अहिले प्रतिहेक्टर ४ दशमलव ८ मेट्रिक टन तथा वार्षिक १२ सय मेट्रिक टन माछा उत्पादन हँुुदै आएको छ ।

परियोजनाले किसानलाई अनुुदानमा पोखरी खन्न जेसिपी तथा माछाको भुुरा तथा दाना ढुुवानीका लागि ट्रकसमेत उपलव्ध गराएको छ । परियोजनाले दाना उद्योग सञ्चालन गर्नुुका साथै कर्सिया र तकियामा गरी दुुई स्थानमा ह्याचरी सञ्चालनमा ल्याएको छ । त्यस्तै कटहरी तथा नेता चोकमा गरी तीन ठाउँमा प्राथमिक प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ ।

जोन कार्यक्रम अन्र्तगत गतवर्ष परियोजनाले २१ स्थानमा बोरिङ जडान गर्नुुका साथै १६ जना किसानलाई पानी तान्ने मोटर, ४१ जना किसानलाई माछा तौल गर्ने डिजिटल काँटा, ५९ जना किसानलाई पिएच मिटर ६ जनालाई एरियेटर मेसिन गरी गत आवमा ४ करोड २५ लाख २६ हजार मूल्य बराबरको कृषि उपकरण वितरण गरिएको परियोजना इकाई प्रमुुख मण्डलले बताए ।

एक हेक्टर जग्गमा तीनवटा पोखरी खनेका धनपालथानका हरिहर पन्तले माछापालनवाट वार्षिक दुुई लाखसम्म आम्दानी हुुने गरेको बताए । एक हेक्टर पोखरी खन्न परियोजनाले तीन लाख रुपैयाँ अनुुदान दिएको उनले बताए । माछा व्यवसायमा बढी फाइदा हुुने देखेपछि परियोजनाअन्र्तगत किसानले एक हेक्टरदेखि १० हेक्टर जग्गामा पोखरी खनेको पाइन्छ ।

त्यसैगरि पूुर्वी मोरङको रतुुवामाई नगरपालिकाको पाँच वटा वडामा परियोजनाअन्तर्गत धान जोन कार्यक्रम सञ्चालन हुुँदै आएको छ । दुुईवर्ष अघि संचालिन धान जोन कार्यक्रमवाट ६, ७, ८, ९ र १० वडाका १६ सय ३१ किसान लाभान्वित भएका छन् ।

कार्यक्रमअन्तर्गत किसानलाई उन्नत जातको धानको बिउ वितरण गर्नुुका साथै विभिन्न प्राविधिक सहयोगसमेत उपलव्ध गराउँदै आएको छ । जसका कारण धान जोन कारण गत वर्ष १० प्रतिशतले धान उत्पादनमा वृद्धि भएको परियोजनाले जनाएको छ । माछा जोन र धान जोन कार्यक्रम प्रभावकारी वन्दै गएपछि मोरङका अन्य गाउँपालिकाामा तरकारी, तोरी तथा मकै जोन सञ्चालन गर्ने तयारी भइरहेको परियोजनाले जनाएको छ ।

त्यसैगरी परियोजनाले माटोको उर्वराशक्ति बढाउन माटो शिविरसमेत सञ्चालन गर्दै आएको छ । धान जोन सञ्चालन हँुुदै आएको मोरङको रतुुवामाई नगरपालिकामा माटो परीक्षण शिविर सञचालन भएपछि त्यहाँका कृषक लाभान्वित भएका छन । माटो परीक्षण गरेर त्यसको उपचार गर्दै उत्पादन बढाउनसमेत कृषकलाई सल्लाह र सुुझाव दिने गरेको परियोजना कार्यान्वयन इकाई विराटनगरका प्रमुुख मण्डलले बताए ।

परीक्षण गरिएको अधिकांश माटोमा अम्लीयपन अत्यधिक रहेकाले त्यसको निराकरणका लागि कृषि चुुनको प्रयोग गर्न किसानलाई उनले आग्रह गरेको बताए । रतुुवामाई नगरपालिकाका प्रमुुख रविन राईले अत्यधिक रसायनिक मलको प्रयोगका कारण माटोको उर्वराशक्ति घटिरहेको अवस्थामा यस्तो शिविरले किसानलाई फाइदा पुुगेको बताए । परियोजनाअन्तर्गत नगरपालिका र प्रदेश सरकारको सहयोगमा सौठामा माटो परीक्षण केन्द्र स्थापना गरिएको छ ।

प्रतिक्रिया