प्युठान अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु

प्युठान । प्युठान अस्पताल विजुवारमा उपचारको क्रममा कोरोना संक्रमित एक जना महिला मृत्यु भएको छ । मल्लरानी गाउँपालिका निवासी ८३ वर्षीया महिलाको मृत्यु भएको प्युठान अस्पतालले जनाएको छ ।

महिलालाई ज्वरो र श्वासप्रश्वास सम्वन्धी समस्या भएपछि आज बिहान अस्पताल लगिएको थियो । करिव १२ बजेतिर उनको मृत्यु भएको अस्पतालका डाक्टर नविन दर्नालले जानकारी दिए । परिवारसँगको सल्लाह अनुसार मृतकको शव नेपाली सेनामार्फत अन्त्येष्टी गर्ने तयारी भइरहेको छ ।

घटनाबारे जिल्ला स्वास्थ्य कार्यालय, निर्देशनालय, प्रमुख जिल्ला अधिकारी सवैलाई जानकारी गराइएको डाक्टर दर्नालले बताए । डाक्टर दर्नालका अनुसार उनको एन्टिजेन टेष्ट गर्दा पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया