खेल-खेलाडी

आइएमई टेनिस प्रतियोगिता शुरू

सौर्य अनलाइन २०७७ चैत १८ गते ७:३१ मा प्रकाशित

काठमाडौं । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्रान्ड जुनियर ओपन टेनिस प्रतियोगिता–२०२१ शुरु भएको छ । मंगलबारदेखि काठमाडौं स्थित मण्डिखाटारमा टेनिस क्लबमा शुरु प्रतियोगिताको उद्घाटन टेनिस खेलप्रेमि खेलाडी एवम् कार्डियोथोरासिक सर्जन डा. भगवान कोइरालाले गरे । उद्घाटन सत्रलाई सम्बोधन गर्दै डा. कोइरालाले टेनिस सवैको साझा खेल भएको बताउँदै यस्तो खेलको प्रवर्धन गर्न आइएमई ग्रुपलाई थप सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।

कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक एवम् आइएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल र पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी लगायत टेनिस खेलप्रेमि खेलाडीहरूको उपस्थिती रहेको थियो । यही चैत १७ गतेदेखि २२ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा यू ८–यू १६ उमेर समूहका १ सय ५ जना खेलाडीहरूले भाग लिने आयोजकले जनाएको छ ।

टेनिस खेलको विकास र विस्तारमा सहयोग पुगोस् र बालबालिकाहरूमा खेलप्रति रूचि पनि जागोस् भन्ने मुख्य उद्देश्यले आइएमई फाउन्डेसनले यो प्रतियोगिता विगत चार वर्षदेखि गर्दै आइरहेको आइएमईले जनाएको छ । गत वर्ष कोभिड– १९ का कारण स्थगित तेस्रो संस्करण यसपटक आयोजना गर्न लागिएको हो । आइएमई पे प्रतियोगिताको भुक्तानी पार्टनर हुने र प्रतियोगिता अवधिभर स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्ण परिपालना गरिने पनि आयोजकले बताएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय