खेल-खेलाडी

विश्वकपको युरोपियन छनोट : पोर्चुगलको जित

सौर्य अनलाइन २०७७ चैत १२ गते ८:५८ मा प्रकाशित

काठमाडौं । गए राति कतार विश्वकप २०२२ को युरोपियन छनोट अन्तर्गत भएको खेलमा पोर्चुगलले जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा पोर्चुगलले अजरवैजानलाई १–० गोलले पराजित गरेको हो ।

उक्त खेलमा उपहारमा पाएको गोलबाटै पोर्चुगलले जित निकालेको हो । खेलको ३६औं मिनेटमा अजरवैजानका माक्सिम मेडभेडेवले आफ्नै पोष्टमा गोल गरे । मेडभेडेवले गोल गरेको गोलले नै पोर्चुगलले जित निकाल्यो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय