दाङमा विद्यार्थी बाेकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ घाइते

बुटवल । दाङस्थित ज्ञानदीप कलेजको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मंगलवार बिहानै भएको दुर्घटनामा परी तुलसीपुर वडा १६ का अस्मिता बस्नेत र किरण चौधरीको निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

बस्नेतको घटनास्थलमै मृत्यु भएको र चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए।

दुर्घटनामा परी १५ जना घाइते भएका छन्। घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। तुलसीपुरको डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको रा १ क ४३३ नम्बरको बस बिहान ५ बजेतिर तुलसीपुर–१५ को सरैयामा दुर्घटनामा परेको हो।

प्रतिक्रिया