खोजखबर

उपराष्ट्रपति पुनबाट राष्ट्रपतिको कार्यसम्पादन हुने

सौर्य अनलाइन २०७७ चैत ९ गते १३:०२ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणमा गएकाले उनको अनुपस्थितिमा उनीबाट सम्पादन हुने कार्य नेपालको संविधानबमोजिम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने भएको छ ।

राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरिसकेकी छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय