एमाले प्रवेश गरेका नेताहरु को सांसद पद खारेज गर्ने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका नेताहरुलाई कारवाही गरेको निर्णय एक दुई दिनमै सार्वजनिक गर्ने तयारी गरेको छ। नेकपा रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका र नेकपा भंग भएपछि पनि त्यसलाई निरन्तरता दिएका मन्त्रीहरुलाई कारवाही गर्ने तयारी माओवादी केन्द्रले गरेको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार एक–दुई दिनमै केन्द्रीय कमिटी बैठक बस्ने र त्यसबाट उनीहरुलाई कारवाहीको औपचारिक निर्णय गरिनेछ।

नेकपा रहँदा माओवादी केन्द्र पृष्ठभूमिका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योगमन्त्री लेखराज भट्ट ओलीको पक्षमा उभिएका थिए। ओलीको संसद विघटन गर्ने निर्णयको समर्थनमा पनि उनीहरु उत्रिएका थिए।

फागुन २३ गते सर्वोच्चले नेकपाको दर्ता खारेज गरेपछि उनीहरुले आफ्नो सांसद पद गए पनि माओवादी केन्द्रमा नफर्कने अडान लिएका छन् । माओवादी केन्द्रले अब उनीहरु आफ्नो पार्टीमा नफर्कने निश्चित भएको निष्कर्ष निकाल्दै उनीहरुको संसद सदस्यता खारेज गर्ने निर्णय गर्न लागेको हो।

प्रतिक्रिया