बालकुमारीमा फोटोनको शोरुम

काठमाडौं । ललितपुरको बालकुमारीमा फोटोनको नयाँ शोरुम खुल्ने भएको छ । नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले आउने आइतबार विश्वस्तरीय सोरुम सार्वजनिक गर्ने भएको हो । कम्पनीलेले तीन करोड रुपैयाँभन्दा लागनी गरेर २ हजार ५ सय स्क्वायर फिटमा फैलिएको नयाँ ‘स्टेट–अफ–आर्ट’ सोरुम सञ्चालनमा ल्याउन लागेको हो । नेपालमा फोटनको ‘ठूलो योजना’अन्तर्गत एमएडब्लु वृद्धिले आफ्ना ग्राहकलाई सेवा दिन यसअघि नै नेपालका विभिन्न १२ स्थानमा आधिकारिक सर्भिस सेन्टर स्थापना गर्नुका साथै थप अन्य स्थानमा सर्भिस तथा स्पेयर पार्ट सञ्जाल विस्तार गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया