प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप लगाउँदै आज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोनाभाइरसविरुद्धको खोप लगाउने भएका छन् । बिहान महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर खोप लगाउन लागेका हुन् ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड–१९ खोप अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप लगाउनबारे जानकारी दिएका थिए ।

प्रधानमन्त्री ओलीले खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउने अभियानको दोस्रो चरण सुरु हुनेछ । सरकारले आजबाट ६५ वर्षमाथिका १६ लाख बढी ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम सुरु गर्दै छ ।

प्रतिक्रिया