खोजखबर

सरकार र विप्लव समुहबीच काे पहिलो चरणको वार्ता सकियाे

सौर्य अनलाइन २०७७ फागुन १९ गते ११:२८ मा प्रकाशित

काठमाडौं । सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सकिएको छ । दुबै पक्षको वार्ता टोलीबीच बुधबार विहान पहिलो चरणको वार्ता भएको हो । बालुवाटार स्रोतका अनुसार आजको वार्ता सकिएको छ, दुवै पक्षबीच फेरि वार्ता गर्न बस्ने गरी आजको वार्ताको सकिएको हो ।

मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय