ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ४० भन्दा बढी घर जलेर नष्ट

काठमाडौं । ताप्लेजुङको एक बजारमा भीषण आगलागी भएको छ । जिल्लाको दोभानस्थित बजारमा भीषण आगलागी भएको प्रहरीले जनाएको छ । उक्त आगलागीमा ४० भन्दा बढी घर जलेर नष्ट भएको बताइएको छ ।

आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रणको प्रयास भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले जानकारी दिए ।

आगो निभाउन ताप्लेजुङ नगरपालिकाको दमकल प्रयोग गरिएको छ । ताप्लेजुङबाट दोभान बजार पुग्न गाडीमा करिब एक घण्टा लाग्छ । तर, आगलागीको कारण खुलेको छैन ।

आगोले पुर्याएको क्षतिको विवरण पनि आउन बाँकी रहेको प्रहरीको भनाइ छ । दोभान ताप्लेजुङ जिल्लाको दोस्रो ठूलो बजार हो । यहाँ काठले बनेका कच्ची घरहरु धेरै छन् ।

प्रतिक्रिया