खोजखबर

भोलिसम्म पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

सौर्य अनलाइन २०७७ फागुन ११ गते १२:५८ मा प्रकाशित

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

‘उक्त प्रणालीको प्रभाव भोलि (बुधबार) बेलुकासम्म रहने छ, ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन’, उनले भनिन् । हाल देशका केही पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री सेल्सियस छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय