सुनको मूल्य तोलामा ११०० रुपैयाँले उकालो लाग्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा एक हजार रुपैयाँभन्दा बढीले सुधार आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८९ हजार ९०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज भने तोलामा ९० हजार १०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा रु ८८ हजार ५५० मा कारोवार भएकामा आजका लागि भने ८९ हजार ६५० रुपैयाँमा कारोवार भएको छ । तेजाबी सुनसमेत तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो ।

चाँदीको मूल्यमा समेत आज २५ रुपैयाँले वृद्धि भएको छ । तोलामा एक हजार ३३५ रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३६० रुपैयाँ मूल्य कायम भएको छ ।

प्रतिक्रिया