मेनुका र चन्द्रको आवाजमा ‘रुमाल खस्छ की’ सार्वजनिक

काठमाडौं । गायिका मेनुका परियार र गायक चन्द्र धामीको आवाज रहेको ‘रुमाल खस्छ की’ नामक गीतको भिडियो सार्वजनिक भएको छ ।

सांगीतिक क्षेत्रमा पछिल्लो समयमा एकपछि अर्को गर्दै भाईरल कलाकारहरुलाई लिएर गीत निर्माण गर्नेहरुको ओईरो लागेको छ । सोही क्रममा उक्त ‘रुमाल खस्छ की’ नामक गीत सार्वजनिक भएको हो ।

गीतमा गायक धामीकै शब्द रचना रहेको छ भने डोलराज बारघरेको संगीत संयोजन रहेको छ । त्यस्तै गीतको भिडियोमा राजकुमार मगरको निर्देशन र सम्पादन रहनुका साथै रामशरण उप्रेतीले छायांकन गरेका हुन् ।

पछिल्लो समय सामाजिक सञ्जाल तथा युट्यूबमा भइरल भएका गुल्मीका बालक गायक सचिन परियार, मुना मगर र अर्जुन कुँवर लगायतको उक्त गीतको भिडियोमा अभिनय छ ।

प्रतिक्रिया