मलेसियाबाट १७ जना नेपालीको शव नेपाल ल्याइयो

काठमाडौं । मलेसियाबाट १७ जना नेपालीको शव आज नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजमार्फत १७ जना नेपालीको शव नेपाल ल्याइएको हो । गएराति मलेसिया गएको जहाजले आज बिहान शव ल्याएर काठमाडौं आएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले ज्यान गुमाएर त्यहाँ अलपत्र अवस्थामा थिए । शव ल्याउन नसकिएका ५ जनाको भने अस्तु मात्रै ल्याइएको छ ।

शव बुझ्न गएका आफन्तको रुवाबासीले बिहान विमानस्थलको वातावरण भावुक बनेको थियो । मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा शव ल्याएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताइन।

निगमले क्वालालम्पुर गन्तव्यमा न्यारो बडी जहाजले नियमित उडान गर्दै आए पनि नेपाली कामदारको शव लिनकै लागि निगमले वाइड बडी जहाज पठाइएको जनाएको छ ।

प्रतिक्रिया