रुकुममा नेकपा र कांग्रेस कार्यकर्ताबीच दोहोरो झडप, स्थीती तनावग्रस्त

काठमाडौं । रुकुम पश्चिममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच दोहोरो झडप भएको छ । जिल्लाको आठबीसकोट नगरपालिकास्थित राडी बजारमा नेकपा प्रचण्ड–माधव पक्ष र कांग्रेसका कार्यकर्ताबीच आज झडप हुँदा तनावग्रस्त भएको प्रहरीले जनाएको छ ।

उक्त झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससहित १७ राउन्ड हवाई फायर गरेको जनाएको छ । तर, अझै स्थिति पूर्ण नियन्त्रणमा नआएकाले थप सुरक्षाकर्मी मगाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । झडपमा ढुंगा प्रहार हुँदा दुवै नेकपा, कांग्रेस र प्रहरीसमेत घाइते भएको बताइएको छ । ।

प्रतिक्रिया