श्रीलंकाविरुद्ध इंग्ल्यान्डको उत्कृष्ट सुरुवात

कोलम्बो । श्रीलंकासँगको पहिलो टेष्ट खेलमा पाहुना टोली इंग्ल्यान्डले उत्कृष्ट सुरुवात गरेको छ । पहिलो दिनको समाप्तिमा इंग्ल्यान्ड बलियो अवस्थामा छ । इंग्ल्यान्डले पहिलो दिन पहिलो इनिङमा ४१ ओभर खेल्दै २ विकेटको क्षतिमा १ सय २७ रन बनाएको छ । अग्रता लिन इंग्ल्यान्ड ८ रनले पछि छ । इंग्ल्यान्डका कप्तान जो रुट १ सय १५ बलमा ५ चौका सहित ६६ रनमा अविजित छन् । जोनी बेयरस्टो ९१ बलमा २ चौका सहित ४७ रनमा अविजित छन् । तेस्रो विकेटका लागि रुट र बेयरस्टोले १ सय १० रनको अविजित साझेदारी गर्दै टोलीलाई बलियो योगफलतर्फको बाटोमा डो¥याएका छन् ।

ओपनर ज्याक क्रली ९ र डोम सिब्ले ४ रनमा आउट हुँदै खराब सुरुवात गरेपनि रुट र बेयरस्टोले टोलीलाई राम्रो साझेदारी गर्दै समालेका छन् । त्यसअघि गाले अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका पहिलो इनिङमा ४६.१ ओभरमा १ सय ३५ रनमा अल आउट भएको थियो ।

कप्तान दीनेश चान्डिमलले २८, कुशल परेरा २०, एन्जिालो म्याथ्युज २७ र दसुन शनका २३ रनको योगदान दिए । इंग्ल्यान्डका स्पिनर डोम सिब्लेले १०.१ ओभरमा ३ मेडन सहित ३० रन खर्चेर ५ विकेट लिए । तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले ३ र ज्याक लेचको नाममा १ विकेट रह्यो ।

प्रतिक्रिया