अनुमतिसँग उदयको रोमान्स

काठमाडौं । सञ्चारकर्मी तथा गायक उदयराज शर्माको आवाज रहेको गीत ‘एक बारको जुनीमा’ को भिडियो सार्वजनिक भएको छ । अरुण तिवारीको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतमा पुरुषोत्तम न्यौपानेले संगीत संयोजन गरेका छन् । धादिङका विभिन्न स्थानमा छायांकन गरिएको भिडियो गायक शर्माले नै निर्देशन तथा सम्पादन गरेका छन् । भिडियोमा कलाकार अनुमतिसँग शर्माले नै रोमान्स गरेका छन् । भिडियोमा प्रेमकथा देखाउने प्रयास गरिएको छ । गीतको भिडियो कालिका पौडेलले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया