मुख्यमन्त्री पौडलेविरुद्ध अविश्वास प्रस्ताव

काठमाडौं । सत्तारुढ नेकपाकै प्रचण्ड–माधव नेपाल पक्षले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएको छ । ४५ जना प्रदेश सभासदस्यहरुले हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता गरेका हुन् । उनलाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ ।

साथै बागमती प्रदेशकै तीन मन्त्रीले आज राजनीनामा दिएका छन् । राजीनामा दिने मन्त्रीहरुमा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल रहेका छन् ।

प्रतिक्रिया