कालिकोटमा प्रधानमन्त्री ओली बिरुद्ध सिटी जुलुस

कालिकोट । प्रतिनिधि सभा विघटन गर्न सिफारिस गर्ने प्रधानमन्त्री केपी ओली विरुद्ध कालिकोटमा आज चौथो दिन पनि प्रदर्शन गरिएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका भातृ संगठन युवा संघ र अनेरास्ववियू तथा जनवर्गीय संगठनहरुले कालिकोटमा प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री ओलीले गरेको अवैधानिक, अलोकतान्त्रिक निरकुंश संसदीय विघटनको ‘कु’ का विरुद्ध विरोध प्रदर्शन गरिएको अनेरास्ववियूका केन्द्रीय नेता भिम प्रसाद आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री ओली विरुद्ध लगातार विरोध प्रदर्शन गर्ने तयारी समेत गरिएको उनले बताए । उक्त विरोध कार्यक्रममा सचिवालय सदस्य सरोज वोगटी (विपिन),जिल्ला कमिटी सदस्य प्रभानन्द आचार्य, तिलागुफा नगरकार्यालय सदस्य गणेशबहादुर शाही, अनेरास्ववियू केन्द्रीय सदस्य भिम प्रसाद आचार्य ,जिल्ला संयोजक मनसिह शाही सचिवालय सदस्य अमित शाही (मिलन), अनेरास्ववियूका नेता हिक्मतजंग मल्ल लगाएत विद्यार्थी र युवाको सहभागीतामा सिटी जुलुस निकालिएको थियो ।

उक्त कार्यक्रम प्रधानमन्त्री र राष्ट्रपतिको चर्को विरोध गरेका छन् ।राष्टपति भण्डारीको राजिनामा माग समेत गरेका छन् । प्रधानमन्त्री ओलीले संसद विघटनका लागि आज राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेक थिए । राष्ट्रपति भण्डारीले संसद विघटन गरेको घोषणा गरेकी थिइन्

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया