कालिकोट । पानीको अभावले सिचाई गर्न नपाएका पचालझरना गाउँपालिका वडा ४ का १ सय ९१ घरधुरीले अब सिचाई गर्न पाउने भएका छन् । पचालझरना गाउँपालिका ४ मा साल्ते मर्म सिचाई कुलो निर्माण भएपछि यहाँका स्थानीय सिचाई गर्न पाउने भएका हुन । १ हजार ९ सय मिटर टाँढाबाट सिचाईकुलो आउदा स्थानिय कृषकमा खसियाली छाएको छ ।
पचालझरना गाउँपालिका ४ का परेक रोकाया पानीको अभावले आफ्नो बारीमा खेतीगर्न छोडिसकेका थिए । बर्खामा आकाशे पानीको भरमा लगाएको खेती पनि हिउँदमा आफै सुकेर नष्ट हुन्थ्यो । राम्रोसँग खेती गर्न नपाएका पचालझरना गाउँपालिका ४ का १ सय ९१ घरधुरीले सोचे अनुसार खेती गर्न पाउने भएका छन । परेक रोकायाले भने,ं ‘अव गाउँमै सिचाई कुलो आयो, हिउँद बर्खा नै पानी आउने भयो, अव तरकारी तथा फलफुल संगै गहुँ, धान, कोदो लगाएतका अन्य बाली लगाउन पाउने भएपछि खुसि छौं ।’ आफूलाई जिन्दगीको पहिलो खुसि मिलेको उनले बताए ।
परेक मात्र हैनन् अर्का स्थानीय अगुवा कृषक खड्क सेजुवाल पनि खुसि देखिन्थे । खुसि व्यक्त गर्दै उनले भने, ‘अब फलफूल, तरकारी लगायत अन्य बालीहरु अरुको घरबाट किन्ने दिन गए, आफै बारीमा आधुनिक तरिकाबाट खेति गर्ने योजना बनाएको छु ।’ पचालझरना गाउपालिका ४ मा १२०० भन्दा बढि कृषक लाभाम्वित हुने भएका छन ।
पचालझरना गाउपालिका ४ मा सञ्चालित साल्ते मर्म सिचाइ कुलो निर्माणको कार्य सम्पन्न पछि कालिकोटका नागरिक समाज, पत्रकार लगाएत सवैले अनुगमन गरेका छन । अनुगमन पश्चात स्थानीय नागरिकसंग छलफल समेत गरिएको थियो सो अवसरमा स्थानीयले सहयागी संस्थालाई धन्यवाद दिए ।
विश्व खाद्य कार्यक्रमको सहयोगमा सञ्चालित कर्णाली क्याप्स परियोजना अन्र्तगत संचालनमा रहेको कुलोको काम सम्पन्न भएको छ । मानव अधिकार तथा बातावरण बिकास केन्द्र हुरून्डेक नेपालको सहयोग÷सहजिकरणमा पचालझरना ४ मा महत्वपूर्ण काम भएको जिल्ला स्तरको अनुगमन टोलीको निष्कर्ष छ।
कुल ८५ लाख ७६ हजार ६ सय ६४ रकममा कुलोको काम सम्पन्न भएको मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटका पचालझरना गाउँपालिकामा क्याप्स कर्णाली परियोजना हेर्ने सव ईन्जिनियर शुरेन्द्र शाहीले बताए । स्थानीयका अनुसार कुलो दीगो टिकाउ र स्थानीय बासीको आशाको केन्द्र तथा पचालझरना गाउँपालिकाकै नमुना कुलो हो ।
परियोजनाको निर्माण कार्य २०७६ फाल्गुण सम्म सम्पन्न गर्नुपर्ने भनिए पनि कोरोना महामारीका कारण निर्माण कार्यमा ढिलो भएको हुरेन्डेक नेपाल कालिकोटका अध्यक्ष जजराज शाहीले बताए । उनले भने, ‘आफ्नो संस्थाले नागरिकहरुका लागि गरेको पहल प्रति कुनै कमि छैन र आगामी दिनमा सबैको साथ सहयोगको अपेक्षा गरेको छ ।’
क्याप्स कर्णाली परियोजनाका जिल्ला संयोजक नरेन्द्र बहादुर शाहीले अन्य संघसस्थाले गरेका काम जस्तो लथालिङ नभएको बताउदै कुलोमा काम गर्ने सम्पूर्ण कामदारको बिमा गरेको बताए । शाहीले भने, ‘कामदारको पैसा बैंकिङ प्रणाली अनुसार स्वयम कामदारको खातामा जम्मा गर्ने गरेका छौं ।’ यस्ले गर्दा रकम अनियमिता नहुने उनले बताए ।
३ सय २७ मिटर सिचाईकुलो पालिकाले सडक निर्माण गर्दा क्षतबिछेद गरेको थियो । पालिकाले सहयोग नगरे पनि विश्वखाद्य कार्यक्रमद्धारा संचालित क्याप्स कर्णाली परियोजनाले नै उक्त कुलो निर्माण गरि स्थानीय बासीको खेतमा पानी पुर्याउन सहयोग गरेको हो । योजनाले ८७ जनालाई रोजगार प्रदान गरेको थियो ।
कालिकाेट
प्रतिक्रिया