५० किलो चरेससहित धादिङबाट एकजना पक्राउ

धादिङ । सशस्त्र प्रहरीको टोलीले ५० किलो चरेसहित धादिङबाट एकजनालाई पक्राउ गरेको छ ।

गएराती बा २१ प ८७६ नम्बरको मोटरसाइकलमा तीनवटा झोला बोकेर जाँदैगरेको अवस्थामा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा ५० किलो चरेस भेटिएपछि उनलाई पक्राउ गरिएको हो । उनले प्रयोग गरेको उक्त मोटरसाइकल समेत सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ ।

उक्त चरेश लिएर गल्छीबाट खयरघारीतर्फ जाँदै गरेका धादिङको गल्छी गाउँपालिका ८ बस्ने ३४ वर्षीय दिपक मगरलाई पक्राउ गरी राति नै आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय गजुरीमा बुझाइएको छ ।

उक्त चरेस धादिङको गोगनपानीबाट भिमढुगांको बाटो हुँदै काठमाडौं ल्याउन खोजिएको अनुसन्धानबाट खुलेको ईलाका प्हरी कार्यालय गजुरीले जनाएको छ ।

प्रतिक्रिया