अध्यक्ष दाहाललाई भेट्न चिनियाँ राजदूत यान्छी खुमलटारमा

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेकी छन् ।

नेकपा पार्टी भित्र विवाद बढेर फुटको संघारमा पुगेपछि राजदूत यान्छी अध्यक्षम दाहाललाई भेट्न पुगेकी हुन् । आज बिहान खुमलटारमा राजदूत यान्छी प्रचण्डलाई भेट्न पुगेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

उक्त भेटमा अध्यक्ष दाहाल र राजदूत यान्छीबीच दुई देश र पार्टीबीचको सम्बन्धको बारेमा कुराकानी भएको स्रोतको भनाइ छ । उक्त भेटमा नेकपाभित्र अएको विवादबारे मात्रै कुरा भएको बताइएको छ ।

नेकपा पार्टीभित्र विवाद बढ्दै जाँदा राजदूत यान्छीको चासो बढेको छ । गत मंसिर २ गते साँझ राजदूत यान्छीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पनि बालुवाटारमा भेटेकी थिइन् ।

कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई विभिन्न आरोप लगाउँदै सचिवालय बैठकमा प्रस्ताव पेश गरेपछि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच दूरी बढेको छ।

प्रतिक्रिया