खेल-खेलाडी

उपाध्यक्ष सुवेदीद्वारा खेलकुद सामग्री हस्तान्तरण

सौर्य अनलाइन २०७७ मंसिर ७ गते १४:५५ मा प्रकाशित

काठमाडौं । नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका–४ स्थित फाइभस्टार क्लबलाई भलिबल, नेटलगायतका खेल सामग्री हस्तान्तरण गरेका छन् । फाइभस्टार क्लबका अध्यक्ष किरण केसीलाई शनिबार आयोजित कार्यक्रममा उपाध्यक्ष सुवेदीले खेल सामग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, यज्ञडोल (जगडोल) शहीद पार्क वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देल, फाइभस्टार क्लबका अध्यक्ष केसी, वडा सदस्य जयराम महतलगायतका वक्ताले सुवेदीको सहयोगले भलिबलप्रेमीमा उत्साह थपेको बताए । कोरोनाबाट बच्न भलिबललगायत खेललाई दैनिक जीवनशैलीका रूपमा विकास गर्नुपर्नेमा उनिहरूले जोड दिएका थिए ।

संघका उपाध्यक्ष सुवेदीले भलिबल खेलको रुचि तथा विकासमा लाग्ने जोकोहीलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनी लायन्स क्लब इन्टरनेशनलका पूर्वडिस्ट्रिक्ट गभर्नरसमेत हुन् । सुवेदी समाजसेवा, मानवअधिकार संरक्षण, शिक्षा तथा साहित्य क्षेत्रमा पनि दुई दशकअघिदेखि निरन्तर क्रियाशील रहँदै आएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय