अध्यक्ष यादवद्वारा ३ हजार थान साडी वितरण

सर्लाही । चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादवले आफ्नो पालिकामा रहेका ३ हजार व्रतालु महिलाहरुलाई साडी वितरण गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउँदो सुर्यलाई र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिइ मनाउने छठ पर्वको पावन अवसरमा उनले साडी वितरण गरेका हुन ।

अध्यक्ष यादवले शुक्रबार बेलुकी अस्ताउँदो सुर्यलाई अर्घ दिनु भन्दा अगाडीनै छ्ठ घाटमै पुगि साडी वितरण गरेका थिए । गाउँपालिकामा रहेका सम्पूर्ण व्रतालुहरुलाई साडी वितरण गरिएको अध्यक्ष यादवले बताएका छन् । साथै छ्ठ घाटमा उपस्थित रहेका स्थानीय जनतासंग अध्यक्ष यादवले शुभकामना आदानप्रदान समेत गरेका थिए । लोक आस्थाको महान पर्व छ्ठमा सुर्य भगवानलाई पूजापाठ गर्दा सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया