एमबिबिएसका चिकित्सक र ल्याब सञ्चालन गरेर विकास पुरुष बने अध्यक्ष गुप्ता

पर्सा । जिल्लाको छिपहरमाई गाउँपालिका– २ टिहुकी सेढामा रहेको बर्थिंङ सेन्टरमा आजदेखि एमबिबएस र ल्याब टेक्निसियन समेतको सेवा सञ्चालनमा ल्यार गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ता विकास पुरुष कायम भएका छन् ।

सानो कद र ठूलो सोच बोकेका काम गर्न फुर्तिलो र जाँगरिलो देखिएका अध्यक्ष गुप्ताले सानो समयमा जनताहरुको मन जित्न सफल भएका छन् । बिहान उठेदेखि अहोरात्रसम्म काम गर्ने उनको शैलीप्रति कुनै गाउँबासी रुको गुनासो छैन ।

गाउँपालिकाका जनताहरुले काम लिएर आउने सेवाग्राहीहरुलाई आदर पूर्वक गुनासो सुन्नेने कुरालाई तत्काल सम्बोधन गर्ने उनको बानी रहेको छ । विकासको काममा सचेत र जिम्मेवारको रुपमा सहयोग र समर्थन पाएकाले स्थानीय विकास पुरुषको रुपमा उनलाई गाउँपालकिाले हेरेको छ ।

प्रदेशको पहिलो विकटको रुपमा रहेको पर्साको छिपहरमाई गाउँपालिकालाई नमुनाको रुपमा रुपान्तरण गरेर उनले जनताको मन जितेका छन् । उनले जनतालाई छिटो र छरितो सेवा दिनको लागि उक्त सेवा सञ्चालनमा ल्याएका हुन् ।

यहाँका जनताहरु अब आउने दिनमा सदरमुकाम धाउने दिनको अन्त्य भएको छ । जनताले अबका दिनमा सम्पूर्ण सेवा आफ्नै गाउँ ठाउँमा निःशुल्क पाउने भएका छन् ।

स्वास्थ्य समस्यालाई लिएर भारतको बिहार मैनाटाड, बेतिया, ईनार्रवा, सिकटा र पर्साको सदरमुकाम विरगंजमा उपचार गराउनको लागि दिनभरी समय र पैसा बढी लागीरहेकाले प्रत्यक वाडहरुमा बर्थिंग सेन्टर स्थापना गरिने र टिहुकी सेढा मा रहेको बर्थिङ सेन्टरमा दक्ष चिकित्सक एमबिबिएस र ल्याब टेक्ननिसीयन ल्याई सेवा सञ्चालनमा ल्याइएको हो ।

आउने दिनहरुमा गाउँपालिकाको पाँच वटै वडाहरुमा एमबिबिएसका चिकित्सक र ल्याब टेक्निसियन र एम्बुलेन्ससहितको सेवा सञ्चालनमा ल्याउने अध्यक्ष गुप्ताले बताए । अहिलेसम्म दूईवटा वडाहरुमा बर्थिङ सेन्टरमा एम्बुलेन्स सेवा सञ्चालन गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया