एनसेलको गो सिम

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले महिलाका लागि ‘अघि बढाैं’ भन्ने उद्देस्यले ‘गो सिम’ ल्याएको छ । आकर्षक बन्डल, हरेक रिचार्जमा बोनस, आपतकालिन अवस्थामा पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा, निश्चित नम्बरमा निःशुल्क कल सेवा लगायत थुप्रै सुविधा भएको यो सिम महिलाका लागि मात्रै ल्याइएको हो ।  यो सिम ग्राहकले नजिकैको एनसेल सेन्टर वा देशभरी रहेका एनसेलका आधिकारिक खुद्रा बिक्रेताबाट सहजै ९९ रुपैयामा खरिद गर्न सक्नेछन् । गो सिमको खरिदसँगै ग्राहकले २० रुपैया मेन ब्यालेन्स, सात दिनको समयसीमा रहेको २ सय एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० ओटा एसएमएस प्राप्त गर्नेछन । यसका साथै ग्राहकले गो सिम मार्फत दामी म्युजीक तथा हंगामा म्युजीक प्रो ३० दिनसम्मका लागि निःशुल्क सुचारु गर्न सक्नेछन । ग्राहकले यो सिम सुचारु भएको अर्को दिनको मध्य रातीसम्ममा गरेको पहिलो १ सय रुप्ैया वा सो भन्दा बढिको रिचार्जमा १ सय मिनेट अन नेट टक टाइम र १ सय एमबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । प्राप्त बोनस सात दिनको लागि मान्य रहने पनि एनसेलले जनाएको छ ।

‘महिलाहरुका लागि विषेश रुपमा डिजाइन गरिएको यस प्रकारको पहिलो महिला केन्द्रित प्याक सुरु गर्न पाएकोमा हामी धेरै खुसी छौं । यसको विषेशताहरुमा बन्डल सेवा देखि लिएर आपतकालिन अवस्थाका लागि सञ्चार सेवा, सुरक्षाको लागि एसएमएस सेवा र महिलाका क्षेत्रमा काम गर्ने संस्थाहरुमा निःशुल्क कल सेवा जस्ता थुप्रै सुविधाहरु रहेका छन् । यो प्याक ल्याउनुको प्रमुख कारण मध्ये महिला सुरक्षा पनि रहेको छ ।’ एनसेल आजियाटा लिमिटेडका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भनेका छन ।

महिलालाई दुरसञ्चार सेवाको पहँच सुनिश्चित गर्दै यसको लाभ प्रदान गर्ने उद्देश्यअनुरुप ल्याइएको गो सिम अन्तर्गत ग्राहकले सिम खरिद गरेको दिन देखि १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्नेछन् । प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ र ग्राहकले यसबाट अन नेट कल गर्न, डेटा चलाउन तथा एसएमएस पठाउन प्रयोग गर्न सक्नेछन् ।

यसका साथै यो सिम लिने ग्राहकका लागि अपलकालिन सञ्चार सेवाका लागि विषेश सुविधा रहेको छ । यस अन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स ५ रुपैया भन्दा कम भएको अवस्थामा लाग्ने शुल्क पछि तिर्ने गरी १० मिनेट अन नेट टक टाइम तथा १० वटा एसएमएस आपतकालिन सञ्चार सेवाका रुपमा सजिलै लिन सक्नेछन् । ग्राहकले आफ्नो सिम रिचार्ज गरेपछि यस सेवा वापतको कर सहित १० रुपैया मेन ब्यालेन्सबाट काटिने छ ।

त्यसैगरी यो सिममा महिलाले आपतकालिन अवस्थामा आफुले चाहेका तीन एनसेल नम्बरमा आपतकालिन सन्देश पठाउन सक्नेछन् । गो सिम प्रयोगकर्ताले एस्ट्रिक्स १७१८० ह्यास डायल गर्ने बित्तिकै आफुले छानेका तीन नम्बरमा पुर्वनिर्धारित आपतकालिन सन्देश ‘अर्जेन्ट आइ निड हेल्प । प्लीज कल’ एसएमएस आपतकालिन सन्देशका रुपमा गो सिम प्रयोगकर्ताको नम्बर सहित स्वतः जानेछ । ग्राहकले यसरी आपतकालिन सन्देश प्रवाह गर्नपर्ने तीन नम्बरहरु एस्ट्रिक्स १७१८०एस्ट्रिक्स१ ह्यास डायल गरी सजिलै राख्न, हटाउन वा परिवर्तन गर्न सक्नेछन् । यो सेवा ग्राहकले आपलकालिन अवस्थामा मात्र आवश्यक सहयोगको लागि प्रयोग गर्नु पर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया