सिर्जनाको एक्स–लभ

काठमाडौं । गायिका सिर्जना खत्री (हाउडे माया) को नयाँ गीत ‘एक्स–लभ’ सार्वजनिक भएको छ । गीतमा सिर्जनासँगै राजेन्द्र भट्ट (मिस्टर आरजेको) आवाज रहेको गीत छ । गायिका सिर्जनाकै शब्द तथा संगीत रहेको गीतमा योगेशकाजी बिसीले एरेन्ज गरेका छन् । उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको गीतको भिडियोमा पनि सिर्जना र राजेन्द्रको अभिनय छ ।

भिडियोमा उनीहरूसँगै नवीन लम्साल र काजल परियारलाई देख्न सकिन्छ । गायिका सिर्जनाका यसअघि नौटंकी माया, लाहुरे माया र डबल माया निकै चर्चा कमाएका गीत हुन् । गीत अहिलेको युवापुस्ताको मायाप्रेम र धोकाको विषयमा केन्द्रित छ ।

प्रतिक्रिया