‘केन्ट आरओ’ को दसैं अफर

काठमाडौं । केन्ट उत्पादनका लागि एकमात्र आधिकारिक वितरक, सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले दसैं–तिहारलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।  भारत र नेपालमा पानी शुद्धीकरणका लागि प्रयोग हुने केन्ट आरओले ‘१०० प्रतिशत शुद्ध पानीको संरक्षणसहित यस उत्सवको मौसम, स्वस्थ रहनुहोस’ भन्ने नारासहित अफर सार्वजनिक गरेको हो ।

यसअन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा चारवटा एलईडी बल्बको उपहार प्याक प्रदान गरेको छ । यो ग्राहक योजना १ असोज देखि सीमित अवधिका लागि लागु गरिएको कम्पनीले जनाएको छ । आरओबाट प्रशोधित भएको पानी परिवारको स्वस्थ जीवन र कल्याणका लागि महत्वपुर्ण आवश्यकता भएको कम्पनीले जनाएको छ । केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताका लागि परिचित रहेको कम्पनीले जनाएको छ । केन्ट ब्रान्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, किटाणुनाशक उपकरण र डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया