नेकपा पाँचथरको जनजागरण अभियान

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी पाँचथरले गाँउ–गाँउमा जनजागरण अभियानमा सुरु गरेको छ । जिल्लास्तरीय जनजागरण अभियान जिल्लाका आठ वटै पालिकामा संचालन गरिने भएको हो । अभियान कार्यक्रममा पार्टी कार्यकर्ता भेटघाट तथा विकास निर्माणका काम र त्यस्का प्रभावहरुका बारेमा समेत छलफल हुने गरेको कार्यालय सचिव पृथ्वी लावतीले जानकारी दिए ।

कार्यक्रममा पालिकाले सञ्चालन गरेको योजना त्यसको प्रभावकारीता र पार्टीले खेलेको भुमिका लगायतका विषयमा स्थानिय पार्टी कार्यकर्ताहरु संग छलफल गरेको पार्टी अध्यक्ष राजकुमार भण्डारीले जानकारी दिए । कार्यक्रममा स्थानिय समस्याहरुको समाधान तथा पार्टीको भुमिकालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर छलफल भइएरहेको बताइएको छ ।

विकासका कामलाई प्रभावकारी बनाउनका लागि पार्टी कार्यकर्तालाई निर्देशन दिने गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हिलिहाङ पालिका कमिटीका अध्यक्ष भवानीप्रसाद लिङदेनले जानकारी दिए । कार्यक्रम विहिबार याङवरक गाउँपालिकाबाट शुरु गरिएको हो ।

कार्यालय सचिव लावतीका अनुसार सुरुगरिएका पालिकाहरुमा हिलिहाङ गाउँपालिका, फिदिम नगरपालिका, फाल्गुनन्द गाउपालिका, मिक्लाजुङ गाउँपालिका र कुम्मायक गाउँपालिका रहेका छन । पालिका स्तरिय कार्यक्रमका लागि जिल्ला कमिटी अध्यक्ष राजकुमार भण्डारी, सचिव होमबहादुर जबेगु, केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य अइन्द्र सुन्दर नेम्बाङ लगायतको टिमले सहजिकरण गरीरहेको प्रेस संगठन नेपालका जिल्ला अध्यक्ष तुलसी थापाले जानकारी दिए ।

प्रतिक्रिया