सानिमा बैंकको दशैं धमाका योजना

काठमाडौ । दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकको लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ ।  यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिसत वा अधिकतम् २ हजार ५ सय रुपैया सम्मको छुट प्राप्त गर्न सकिने छ ।

त्यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी एएमई सुविधा पनि प्राप्त गर्न सक्ने बैकले जनाएको छ । योजना अवधिभर सहभागी हुने ग्राहकलाई पहिल आउनेको आधारमा छुट प्रदान गरिने छ । यो योजना १९ असोज देखि २ कात्र्तिक सम्म दुई साताका लागि लागु हुने पनि विज्ञप्तिमा उल्लेख छ ।  बंैकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया