आफ्नै कारणले दिल्लीको हार

दुवई । दिल्ली क्यापिटल्सले सुरुवाती दुई खेलमा जित निकाल्दा तेस्रो खेलमा भने पराजित हुन पुग्यो । सनराइजर्स हैदराबादविरुद्धको खेलमा दिल्ली १५ रनले पराजित भएको थियो । यता सनराइजर्स हैदराबादको भने यो पहिलो जित हो । सुरुवाती दुई खेल गुमाएको हैदराबादले तेस्रो खेलमा दिल्लीलाई पराजति गर्दै प्रतियोगितामा फर्किएको छ । मध्यम लक्ष्य पाएको दिल्लीका लागि यो खेल गुमाउनु खराब रहेको पुष्टि भएको छ ।  श्रीयस अय्यर कप्तान रहेको टोली दिल्लीले हैदरबादविरुद्ध सुरुवातमै प्रदर्शन गर्न सकेन । तर, यस खेलमा दुवै टोलीलाई जितका लागि निकै नै संघर्ष गर्नुपरेको थियो । खेलको केही समय खेल दुवै पक्षले जित्ने सम्भावना उत्तिकै थियो ।

तर, अन्यमा हैदराबादले खेल आफ्नो पक्षमा पा¥यो । दिल्लीले खेलका दौरान केही गल्ती पनि ग¥यो । जसकारण दिल्ली प्रतियोगितामा पहिलो हार व्यहोर्न बाध्य भयो । दिल्ली क्यापिटल्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय ग¥यो । जहाँ बलरले सुरुवातमा खासै आफ्नो स्विङ देखाउन सकेनन् । सनराइजर्स हैदराबादका ब्याट्सम्यान डेबिड वार्नर र जोनी बेयरस्टोले उत्कृष्ट साझेदारी गरे । दुवैले पहिलो विकेटका लागि ७७ रनको साझोदारी गरेका थिए ।

यससँगै उत्कृष्ट सुरुवात गरेको हैदराबाद दबाबमुक्त भएको थियो । बेयरस्टोले अर्धशतकीय पारीसमेत खेले । दिल्ली क्यापिटल्सका लागि यही साझेदारी कुल स्कोरको रुपमा महँगो भएको थियो । दिल्ली क्यापिटल्सका ब्याट्म्यानले प्रायः खराब सर्ट खेल्दै पेभिलियन फर्किन बाध्य भए । मुख्य ब्याट्सम्यान कप्तान श्रेयस अय्यर, शिखर धवन र ऋषभ पन्त बलरको बलबाट नभई आफ्नो गलत सर्ट सेलेक्सनका कारण आउट भएका थिए ।

सबैको एकै योजना थियो कि हैदराबादका मुख्य स्पिनर बलर रासिद खानलाई निराशा बनाउनु । तर, यस प्रयासमा यी तीनवटै खेलाडी स्वयं पेभिलियन फर्किन बाध्य भए । दिल्ली क्यापिटल्सको हारको मुख्य कारण यही हो ।

रासिद खान आफ्नो सानदार लेग स्पिनका चिनिन्छन् । यो खेलमा पनि उनले आफ्नो यही स्पेसल बलिङ स्टाइल देखाए । ब्याट्सम्यानलाई पहिले दबाब बढाए, त्यसपछि ती ब्याट्सम्यानलाई लामो सर्ट खेल्ने प्रयासमा ठूलो मैदानमा क्याच गराउँदै श्रेयस अय्यर, पन्त र धवनको विकेट लिए । रासिद खानले चार ओभर बलिङ गर्दै १४ रन खर्चेर ३ विकेट लिएका थिए । रासिदले आफ्नो स्पेलमा दिल्लीका मुख्य ब्याट्सम्यानलाई पेभिलियन फर्काउँदै भारी परे । जहाँ १६२ रनको लक्ष्यमा उनी उत्कृष्ट बलर साबित भए ।

दिल्लीका कप्तानलाई जरिवाना 
दिल्ली क्यापिटल्सका कप्तान श्रेयस अय्यरलाई जरिवाना लगाएको छ । मंगरबार सनराइजर्स हैदराबादविरुद्धको खेलका दौरान स्लो ओवर रेटका लागि श्रेयसलाई आयोजकले जरिवाना लगाएको हो ।  उनलाई १२ लाख भारतीय रुपैँयाको जरिवाना लगाएको जनाएको छ । टोलीको पहिलो हारपछि जरिवाना तिराउनु कप्तान श्रेयसका लागि यो दोहोरो झट्का हो । तीन खेल खेलेको दिल्लीले सनराइजर्स हैदराबादसँग १५ रनले पराजित हुँदै प्रतियोगितामा पहिलो हार व्यहोरेको थियो ।

आईपीएलद्वारा जारी गरिएको एक विज्ञाप्तिमा खेलिएको छ, ‘श्रेयस अय्यरको कप्तानीमा रहेको टोलीको यस सिजन यो पहिलो गल्ति हो । आईपीएलको कोड अफ कन्डक्टका अनुसार मिनिमम ओवर रेटलाई लिएर उनीमाथि १२ लाख भारतीय रुपैँयाका जरिवाना लगाएको छ ।’
यसअघि आईपीएलले रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई जरिवाना लगाएको थियो । कोहलीलाई पनि स्लो ओवर रेटका लागि १२ लाख भारतीय रुपैँया जरिवाना लगाएको थियो । उनले किंग्स इलाभेन पन्जाबविरुद्धको खेलमा स्लो ओवर गरेका थिए । बैंगलोरले २० ओरभको खेलाका लागि करिब दुईघण्टा समय खर्चेको थियो ।

प्रतिक्रिया