सूर्य नेपालद्धारा एम्वुलेन्स हस्तान्तरण

काठमाडौं । सूर्य नेपालले शुक्ला गण्डकी नगरपालिका सेराटार तनहुँलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच एम्बुलेन्स हस्तान्तरण गरिएको हो । कार्यक्रममा नगर प्रमुख किसन गुरुङ, उपप्रमुख सबिता रसाइली, सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, वाणिज्य प्रमुख गौतम यादव, एचआर म्यानेजर अञ्जन दुवाडी र सुरक्षा विभाग प्रमुख होमनाथ अर्याल सहभागी थिए ।

कम्पनीले विगत लामो सयदेखि विभिन्न सामाजिक क्षेत्रहरु जस्तै खेलकुद, शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार लगायतका क्षेत्रहरुमा सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर सहयोग पु¥याउँदै आइरहेको छ ।

प्रतिक्रिया