पाँचथरमा बिपद न्युनिकरण बिषयक अन्तरक्रिया

पाँचथर । उद्योग वाणिज्य संघ पाँचथरको समन्वयमा जिल्लामा बिपद व्यवस्थापन बिषयक अन्तरक्रिया तथा छलफल गरेको छ । प्रदेश १ शसस्त्र प्रहरी वलका डिआईजी वंशी दाहालको उपस्थितिमा सरोकारवाला माझ बुधबार छलफल भएको हो । छलफलमा प्रदेश सरकारले बिपद्लाई पहिलो प्राथमिकता दिएको जनाउदै, बिज्ञ प्राविधिक सहित सचेतना जगाउने उदेश्य रहेको र समुदाय नै बिपद्का अवस्थामा पहिलो अग्रभागमा रहनु पर्ने, अनि सुरक्षा निकायलाई जानकारी गराउनु पर्नेमा डिआइजी दाहालको भनाइरहेको थियो ।

डिआईजी दाहालले भने, ‘प्रदेश सररकार विपद् व्यवस्थापनबाट जोगिन, विज्ञको तालिम प्रदेश र स्थानियस्तरमा सचेतना गरिएको हो ।’ त्यस्तै बिपद् व्यवस्थापन समिति तथा सिडिओ अर्जून गुरागाईले कोरोनाले मानविय विपद आउने बताए । सर्वसाधारणले कोरोनाबाट सचेत वन्न ध्यान नदिएको जनाउदै उनले मानवको असावधानिले माहामारी बढ्ने बताए ।

पाँचथरको यङवरक पालिका एक चिवाभञ्जाङमा बिओपी, सुरक्षापोष्ट उद्घाटन गर्नआएका डिआईजी दाहालबीच अन्तरक्रिया र छलफल गरीएको हो । छलफलमा रेडक्रस अधिकृत गुरुराज तिम्सिना, उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रयागराज सुवेदी, फिदिम १ का वडाध्यक्ष गजाधर भट्टराई, वाणिज्य सघं पूर्व अध्यक्ष शुभराज थापा, मित्रप्रसाद काफ्लेलगायतका सहभागी थिए । सहभागीहरुले कोरोना र बिपद सुरक्षा, बिषयमा हुने जोखिम र न्युनिकरणबारे सुझाव राखेका थिए । छलफलको सुरुवातमा वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष यामनाथ काफ्लेले स्वागत गरेका थिए, भने पाँचथर वाणिज्य संघ अध्यक्ष दिपक नेपालको अध्यक्षता तथा महासचिव नवराज घिमिरेको संचालनमा छलफल सम्पन्न भएको हो ।

प्रतिक्रिया