‘फेसबुकमा’ सार्वजनिक

काठमाडौं । गायक रमेश कँडेलको नयाँ गीत ‘फेसबुकमा’ को भिडियो सार्वजनिक भएको छ । डान्सिङ प्याट्रनको यस गीतमा कँडेलकै स्वर रहेको छ । दिपेश चापागाईको शब्द रहेको यस गीतमा गोविन्द हुमागाईको संगीत तथा उदयराज पौडेलले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोमा सुनिल क्षेत्री, सिम्पल खरेल र अन्य कलाकारको अभिनय छ । भिडियोलाई नेपाली ठिटो समूहले कोरियोग्राफी गरेको हो । नवराज उप्रेतीले छायांकन गरेको गीतको भिडियोको सम्पादन अमृत चापागाईले सम्पादन गरेका हुन् ।

सुनिल क्षेत्रीको निर्देशनमा तयार पारिएको गीतको भिडियोलाई गायक कमल खत्रीको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ । अमेरिकामा बसेर नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील गायक कँडेलका ‘मायालु, ‘देख्न पाउ’, ‘इमेल इन्टरनेट’ लगायतका दर्जनौ गीत सार्वजनिक भइसकेका छन् । यसअघिका गीतलाई जस्तै यस गीतलाई पनि सपोर्ट र माया गरिदिने विश्वास लिएको गायक कँडेलले बताए ।

प्रतिक्रिया