मह पुरस्कृत

काठमाडौं । कलाकारिताका क्षेत्रमा लामो समयदेखि योगदान दिएको भन्दै हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पुरस्कृत भएका छन् ।

भुवन चैत्य बसुन्धरा फाउन्डेशनले हरेक वर्ष प्रदान गर्दै आएको ‘चैत्यदेवी सिंह पुरस्कार’ हाँस्य जोडी महलाई प्रदान गरिएको हो ।

कोरोना भाइरसका कारण काठमाडौंमा सामान्य कार्यक्रमको आयोजना गर्दै मह जोडीलाई नगद ५१ हजारसहित सम्मान–पत्र हस्तान्तरण गरियो ।

मह जोडीले लामो समयदेखि कला क्षेत्रमा योगदान पु¥याएको भन्दै पुरस्कृत गरिएको फाउण्डेसनले जनाएको छ । कोरोनाका कारण भीड नगरी सामान्य कार्यक्रमका बीच पुरस्कार हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया