आज थपिए ३६० जना संक्रमित, कुल संख्या २१ हजार ७५० पुग्यो

काठमाडौं । बिहीबार ३६० जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ३६० जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या २१ हजार ७५० जना पुगेको छ । पछिल्लो पटक बिहीबार जना संक्रमित थपिएका हुन् । यसैगरी, १५ हजार ३८९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा २३३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । साथै मृत्यु हुनेको संख्या ६५ जना पुगेको छ ।

प्रतिक्रिया