प्रधानमन्त्री ओली र प्रचण्डबीच तीन घण्टाको छलफल सकियो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुश्पकमल दाहाल ‘प्रचण्ड’ बीच आजको करिव तीन घण्टा लामो छलफल बालुवाटारमा सकिएको छ ।

नेकपा पार्टीभित्रै विवाद चुलिएर सतहमा गएपछि ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्न ठूलो दवाव परेको छ । उनलाई अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल एकजुट भएर दवाव दिइरहेका छन् ।

तर, ओलीले भने कुनै पनि पद नछाड्ने अडान लिइरहेका छन् । यसै विषयलगायत विभिन्न राजनीतिकबारे छलफल गर्न हिँजो बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएर भोली बुधबारको लागि सारिएको छ ।

तर, आज पार्टीका दुई अध्यक्षबीच भएको छलफलमा पनि कुनै ठोस सहमति भइनसकेको नेकपा स्रोतले जनाएको छ । भोली बस्ने स्थायी कमिटीको बैठकमा कुन निर्णय हुन्छ, उक्त बैठकपछि मात्रै जनताले थाहा पाउनेछन् । केही नेताहरुले भने ओलीको पक्ष पनि लिइरहेका छन् ।

प्रतिक्रिया