इसान र पुकारको अवस्थाबारे सहमहामन्त्री महतले लिए जानकारी

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवं कोरोना अनुगमन समितिका संयोजक डाक्टर प्रकाश शरण महतले आज हाम्स अस्पताल पुगेर इनफ इच इनफका अभियान्ता इसान र पुकार बमको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनका सहयोगी अनुराग शाहले बताए ।

सहयोगी शाहका अनुसार कांग्रेस सहमहामन्त्री डाक्टर महतले दुई अभियान्तालाई भेटेर आफूले पनि कोरोना परीक्षणको पिसिआर विधिमार्फत दायरा बढाउन सरकारसँग आग्रह गरेका थिए ।

डाक्टर महतले दुई अभियान्तासँग करिब १५ मिनेट कुराकानीका क्रममा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइनहरु नहुँदा क्वारेन्टाइनहरुनै संक्रमणको केन्द्र बनेका पनि महतले अभियान्ताहरुसँगको भेटमा बताए ।

सहमहामन्त्री महतसँग दुई अभियान्ताले अहिलेको सरकारसँग सबै आशा हराइसकेको र अब कांग्रेसले नै यो सरकारलाई सहि बाटोमा ल्याउनु पर्ने बताए ।

उनीहरुले सरकारले कोरोना नियन्त्रण गर्न पिसिआर बढाउनु पर्नेमा उल्टो सत्ता लम्ब्याउने बिवादमा अल्झिनु दुःखद भएको पनि बताएको शाहले जानकारी दिए । कांग्रेस सहमहामन्त्री महतसँगै समितिका सदस्य सरिन घिमिरे पनि हाम्स पुगेका थिए ।

प्रतिक्रिया