कांग्रेस बैठकमा घुस्यो नेकपा विवाद

sf7df8f} c;f/ @! M
g]kfnL sfFu|]; kf6L{ s]lGb|o sfof{no ;fg]kfdf cfOtaf/ a;]sf] kf6L{ s]lGb|o sfo{;ldltsf] a}7sdf ;efklt z]/axfb’/ b]pjf nufot g]tf . t:jL/ M /f]zg ;fksf]6f•/f;;

काठमाडौं । सत्तारुढ नेकपाको विवादले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा समेत घुसेको छ । महाधिवेशनको तयारीका विषयमा छलफल गर्न आइतवारबाट पार्टी कार्यालय सानेपामा शुरु भएको बैठकमा नेकपा विवाद र त्यसमा कांग्रेसको भूमिकाका विषयमा नेताहरु घोचपेच भएको छ ।

सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच असार १७ तथा देउवा र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङबीच आइतवार भएको भेटवार्ताको प्रश्न उठेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलले नै विषय प्रवेश गराएपछि सभापति देउवासँग केही समय भनाभन भएको छ । केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले हुँदै नभएको कुराका बारेमा अभिव्यक्ति दिएको भन्दै वरिष्ठ नेता पौडेलसँग असन्तुष्टि व्यक्त गरेका हुन् ।

नेकपासँग सत्ता साझेदारीका लागि छलफल गरेको विषयमा पौडेलले जिज्ञासा राखेपछि देउवाले असन्तुष्टि व्यक्त गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । ‘नेकपासँग सरकार गठनका बारेमा छलफल भएको कुरो के हो भनेर रामचन्द्र दाइले कुरो उठाउनुभयो । सभापतिजीले उहाँलाई नै बोल्न दिनुभयो । हुँदै नभएको कुरो बोल्दै हिँड्ने भनेर सभापतिजी कड्किनुभयो’, ती नेताले भने ।

जवाफमा वरिष्ठ नेता पौडेलले सरकार गठनका लागि प्रधानमन्त्री ओलीसँग छलफल भएको हल्ला सुनेको प्रतिक्रिया दिएका थिए । ‘बाहिर सुनिएको हल्ला के हो ? यही गर्नुभएको हो भनेको त होइन नि’, पौडेलले सभापति देउवालाई जवाफ फर्काएका थिए । प्रतिउत्तरमा सभापति देउवाले वरिष्ठ नेता पौडेललाई पदीय गम्भीरतालाई ध्यानमा राखेर बोल्न सुझाव दिदै भने, ‘वरिष्ठ जस्तो मान्छेले बोल्दा विचार गर्नुपर्ने हो ।’

सभापति देउवाले भेटवार्ताका विषयमा केही नखुलाएपनि संवैधानिक परिषद्को बैठकका विषयमा छलफल गरेको दोस्रो तहका नेताहरुले बताएका छन् । भेटवार्ताको चाजोपाँजो मिलाएका कांग्रेस नेता मिनेन्द्र रिजालले संवैधानिक परिषद्को बैठकका विषयमा दुई नेताबीच छलफल भएको बताएका हुन् । नेकपाभित्र अहिले देखिएको दुई गुटले एकले अर्को पक्षलाई कमजोर बनाउन कांग्रेससँग सत्ता सहकार्य गर्न लागेको भन्दै प्रचार गरिरहेका छन् । जसको असर कांग्रेसको बैठकमा पनि देखिएको छ ।

आइतवार विहान १० बजे पनि सभापति देउवा र नेम्वाङबीच बुढानिलकण्ठमा भेटवार्ता भएको थियो । भेटमा नेकपाको आन्तरिक विवादका विषयमा केही कुरा भएपनि मुख्यत परिषद्को बैठकमै केन्द्रीत भएको बताइएको छ । यद्यपी सो भेटमा सभापति देउवाले आफु नेकपाको विवादमा कुनै पनि पक्षमा नरहेको स्पष्ट सन्देश दिएको कांग्रेसका नेताहरुले बताएका छन् ।

आइतवारको कांग्रेस बैठकमा १६ जनाले आ–आफ्नो धारणा राखेका छन् । महाधिवेशन फागुनको निर्धारित मितिमै गर्ने भनिएपनि तल्ला निकायका अधिवेशनका बारेमा पनि केन्द्रीय समितिले निर्णय गर्नेछ । आइतवारको बैठकमा वरिष्ठ नेता पौडेलसहित, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु डा. रामशरण महत, महेश आचार्य, रमेश रिजाल, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, अर्जुनप्रसाद जोशी, दिपक गिरी, नविन्द्रराज जोशी, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, श्यामकुमार घिमिरे र बीरबहादुर बलायरले आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया