‘पोइ पर्यो काले’ लाई करोड दर्शक

काठमाडौं । शिशिर राणाको निर्देशन रहेको चलचित्र ‘पोइ पर्यो काले’ ले एक करोडभन्दा बढी दर्शकले हेरेका छन् । कोरोना भाइरसका कारण लगाइएको बन्दाबन्दीका बीचमा नेपालमा करिब आधा दर्जन चलचित्र युट्युबमा सार्वजनिक भएका थिए ।

तीमध्ये ‘पोइ प¥यो काले’ ले युट्युवमा एक करोड बढी दर्शक पाउन सफल भएको हो । सार्वजनिक प्रदर्शनमा आएको केही समयमै युट्युबमा आएको यो चलचित्रले छिटो समयमै धेरै दर्शक पाएको हो ।

निर्माता किरण नेपालीले चलचित्र ‘पोइ पर्यो काले’ लाई बन्दाबन्दीको बीचमा दर्शकले निकै रुचाएको बताए । चलचित्रमा अभिनेत्री सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टि श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य अभिनय छ ।

प्रतिक्रिया