गजल ‘बहुरुपी’

           गणेश प्रसाद पौडेल

हुँदै हुन्न मानवताको कुरै नगर
मान्छेमा समानताको कुनै नगर ।

प्रकृतिले पनि यहाँ विभेद गर्छ
छोड अब जातीयताको करै नगर ।

दुश्मन देख्दा हाम्रो सातोपुत्लो जान्छ
पुर्खाको वीरताको कुरै नगर ।

एउटै घरमा फरक फरक छन् विचार दल
तिमी कताको म कताको कुरै नगर ।

न मन न शरीर स्थिर हुन्छ यो बेला
यौवनमा चञ्चलताको कुरै नगर ।

प्रतिक्रिया