दैलेखमा थपिए एकैदिन १०५ जना कोरोना संक्रमित

काठमाडौं । दैलेखमा एकैदिन १०५ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बिहीबार एकैदिन १०६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिष्ठान प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्तिमार्फत बिहीबार १०६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । संक्रमितमध्ये दैलेखका मात्रै १०५ जना रहेका छन् । यस्तै, मुगुका १ जना रहेका छन् । पछिल्लो समय कर्णाली प्रदेशमा संक्रमित संख्या तीव्र रुपमा बढ्दै गएको छ ।

प्रतिक्रिया