गण्डकी प्रदेशमा थपिए १६ संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा थप १६ जनालाई कोरोना भाइसरको संक्रमण देखिएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार बिहीबार भेटिएका संक्रमितमा बाग्लुङ स्याङ्जा, पर्वत र म्यादीका रहेका छन्। बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका घर भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका २ पुरुष र १ महिला, वडीगाड गाउँपालिका घर भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका ४ पुरुष र गल्कोट नगरपालिका घर भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ३ पुरुष गरि जिल्लामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसैगरी स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका घर भर्इ सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका १ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ। यस्तै पर्वत जिल्लाको फलेबास नगरपालिका घर भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २ पुरुष र सोहि जिल्ला बिहादी गाउँपालिका घर भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २ पुरुषमा संक्रमण पुष्टि भएको छ।

यस्तै म्याग्दी जिल्ला मंगला गाउँपालिका घर भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ।

प्रतिक्रिया