उग्रचण्डी भगवतीलाई पसिना, हेर्नेको भीड

काभ्रे । काभ्रेको बनेपा नगरपालिकाअन्तर्गत पर्ने नालामा रहेको उग्रचण्डी भगवतीलाई पसिना आएको छ । बुधबार बिहान ७ बजेको समयमा मन्दिर परिसरबाट बच्चा रोएको आवाज आएको र त्यस मन्दिरका पुजारी सिद्वीबहादुर कर्मचार्य हेर्न पुग्दा मन्दिरको मुर्तिबाट पसिना बगिरहेको देखेको बताए ।

भगवतीलाई पसिना आएलगत्तै स्थानीयहरु मन्दिर परिसरमा दर्शनको लागि भीड गर्न थालेका छ्न् । ऊनीहरुको भीडले अहिले विश्व माहामारीको रूपमा रहेको कोरोना भाइरसको लागि तोकिएको कुनै पनि मापदण्ड पूरा गरेका छैनन् ।

उक्त भीडले मन्दिरमा दर्शन गर्ने गरेका छ्न् । भगवतीलाई पसिना आएकोले केही अनिष्ट हुने आशंका र संकेत रहेको उनीहरुको बताएका छ्न् । यस अघि पनि भगवतीलाई पसिना आउँदा बिनासकारी भूकम्प आएको र अन्य धेरै कुरामा अनिश्चित दुर्घटना हुँदै आएको बताइन्छ ।

प्रतिक्रिया